Online System for Issuance of Letter of Equivalence

Welcome to Letter of Equivalence(LOE) Online

Register
Procedure To Apply For LOE Online
  1. User registration, verify and create/update the profile (personal and contact detail)
  2. Required documents (scan copy)
    (transcript, pass certificate, migration certificate, character certificate, school leaving certificate)
  3. Submit the application for the required LOE (grade 10/12)
  4. Check your application status after verifying the LOE application by the admin
  5. Click on the pay online button to pay the fee which is required after the application is verified by the admin.
  6. Click on the print icon to get LOE.

FAQ's

How can we help you?

स्वदेशी तथा विदेशी शैक्षिक संस्था वा बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका तथा विदेशी शैक्षिक संस्था वा बोर्डबाट सम्बन्धन लिई नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति वा स्वीकृतिमा सञ्चालित संस्थाबाट प्रमाणपत्र प्राप्त गरी निवेदन दिएका व्यक्तिलाई मात्र यो निर्देशिकाबमोजिम समकक्षता प्रदान गरिने छ । 

बोर्ड वा शैक्षिक संस्थाहरूका हकमा सम्बन्धित निवेदकले तपसिलबमोजिमका कागजात तथा शैक्षिक योग्यताका प्रमाणपत्र scan गरी online https://loe.moecdc.gov.np मा  submit गर्नुपर्नेछ : 
(क) सम्बन्धित योग्यताका प्रमाणपत्रहरू
    – Marksheet/Grade Sheet/Transcript/Statement of Results
    – Pass Certificate/Diploma Certificate/General Certificate of Education
    — Character (Same level or Higher Level)
    — Migration Certificate/Higher level Certificate.nbsp;  
    — Online Result Link With Screenshot.

(ख) आवेदन गर्दा सम्बन्धित सही र  सक्कल  कागजात मात्र पेस गर्नुपर्नेछ । सक्कल  भनी पेश हुन आएका कागजातहरु शंकास्पद देखिएमा थप छानबीन गर्न सकिनेछ र  छानविन पश्चात गलत देखिएमा नियम बमोजिम कडा कारवाही गरिनेछ ।

रु. १००० (एक हजार रुपियाँ) को राजस्व तिरेको सक्कल भौचर - Approved Board
रु. १५ ०० (एक हजार पाच सय  रुपियाँ) को राजस्व तिरेको सक्कल भौचर - New  board

विदेशी बोर्डहरूबाट प्राप्त गरेका प्रमाण पत्र तथा अन्य कागजातहरू अङ्ग्रेजीबाहेक अन्य भाषामा भएमा सम्बन्धित निवेदकले सबै कागजातहरू विश्व भाषा क्याम्पस वा यस्तै आधिकारिक निकायबाट अङ्ग्रेजी भाषामा अनुवाद गराएर पेस गर्नुपर्नेछ ।